You are viewing the translated version of - अनुमतिपत्रको बिक्री वा हस्तान्तरण.

Section 13
- अनुमतिपत्रको बिक्री वा हस्तान्तरण
(१) अनुमतिपत्र प्राप्त संस्थाले व्यावसायिक उपयोगको लागि अनुमतिपत्र बिक्री वा अन्य तवरले हस्तान्तरण गर्न चाहेमा मन्त्रालयले तोकेको अधिकारी समक्ष स्वीकृतिका लागि निवेदन दिनु पर्नेछ।

(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएमा मन्त्रालयले तोकेको अधिकारीले सो निवेदन उपर्‌ आवश्यक जाँचबुझ गरी अनुमतिपत्र खरिद गर्ने सङ्गठित संस्थाको अनुमतिपत्र बिक्री वा हस्तान्तरण गर्ने स्वीकृति दिन मनासिब देखिएमा आवश्यक शर्त तोकी अनुमतिपत्र बिक्री वा अन्य तवरले हक हस्तान्तरण गर्न स्वीकृति दिन सक्नेछ।